शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कुलमानको पक्षमा प्रधानन्यायाधीश चोलेन्द्रको आदेश, हितेन्द्रदेव तनावमा


  • मंगलबार, भाद्र ८ २०७८
19.3K
SHARES

फाइल तस्विर

काठमाडौँ – सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ समर्थकहरुमा खुसीयाली छाउने गरी सर्वोच्चले आदेश दिएको छ । कुलमान विरुद्ध रिट हालेका हितेन्द्रदेव शाक्यलाई झड्का लागेको हो ।

सर्वोच्चले कुलमानको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिएन । तर, अदालतले घिसिङको नियुक्तीको मिसिल झिकाउन आदेश दिएको छ ।

आज (मंगलबार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरिएको मिसिल कागज झिकाउन आदेश दिएको हो ।

कुलमानको नियुक्ती खारेजीको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य साउन ३२ गते सर्वोच्च अदालत गएका थिए । शाक्यले आफूलाई पूनर्वहालीको मागसमेत गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको भाग्य फैसला चाडै हुदैंछ । कुलमानलाई नियुक्त गर्ने निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिट सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा परेको हो । रिट जबराको इजलासमा दुई नम्बरमा छ ।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक घिसिङलाई हटाएर आफूलाई पुनर्बहाली गर्न माग गर्दै शाक्यले दिएको रिटमा गएको बुधवार बहस हुन सकेको थिएन ।

आफूलाई गैरकानुनी ढङ्गले हटाइएको भन्दै प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यले साउन ३२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

आफूलाई अघिल्लो सरकारले चार वर्षका लागि नियुक्ति गरे पनि कारणविना गैरकानुनी ढङ्गले हटाइएको शाक्यले दाबी गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा