शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

दुई करोड रुपैयाँ माग्दै आए गगन थापा, खुल्यो यस्ताे पोल ! (भिडिओ सहित)


  • मंगलबार, भाद्र ८ २०७८
27.5K
SHARES

काँग्रेस नेता गगन थापा

काठमाडौँ – नेपाली काँग्रेसका युवा नेता गगन थापाले दुई करोड रुपैयाँ मागेको खुलासा भएको छ । एउटा प्रतिष्ठानको भीसी नियुक्त गर्नका लागि उमेदवारसँग दुई करोड रुपैयाँ मागेको खुलासा भएको हो ।

कुरो २०७३ सालको हो । जतिबेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार थियो । उनी प्रचण्ड सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए ।

स्वास्थ्यमन्त्री भएको बेलामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भीसी पद खाली थियो । त्यही पदमा नियुक्ती गरिदिने भन्दै दुई करोड रुपैयाँ माग्दै आएको बरिष्ठ डक्टर राम उप्रेतीले बताए ।

स्टार अनलाइर्न टिभीसँगको अन्तरवार्तामा गगनले आफ्ना कार्यकर्तालाई पैसा माग्न पठाएको खुलासा गरेका हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त भएका प्रोफेसर डाक्टर ज्ञानेन्द्र गीरीले १० करोड बुझाएको उनको आरोप छ ।

‘म कहाँ भीसी बनाइदिन्छु भन्दै दुई जना भाईहरु आएका थिए । उनीहरुको नाम नखुलाउँ । तपाईलाई सस्तोमा भीसी बनाइदिन्छौँ भन्दै थिए ।’ अन्तरवार्तामा उनले भनेका छन्, ‘अरु हामी अन्तैबाट म्यानेज गछौँ । सरका भागमा सस्तो परेको छ । भनेका थिए मैले नाई भनिदिए ।’

आफूले दुई करोडको ठाउँमा दुई पैसा पनि दिन तयार नभएपछि गीरी मुर्गा बनेको उनको भनाई छ । उनले भने ‘पछि उनीसँग कुरा भएको थियो । मैले १० करोड बुझाँए यार, फसियोकी क्या हो भन्दै थिए ।’

‘१० करोड बुझाउँदा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले फेरी थप पैसा मागेको उनले भनेका थिए ।’ उप्रेतीले भनेका छन्, ‘घर बैँकमा राखेर पैसा बुझाएको भन्दै थिए । अहिले त पक्राउ परेर कारागारमा छन् क्यार ।’

उनको भनाई अनुसार नियुक्त भएदेखि अहिलेसम्म पनि गीरीले लगानी उठाउन पाएका छैनन् । ‘झण्डै ५ करोडसम्म त उठाए होलान् । तर बाँकी ५ करोड खेर गयो । त्यही काण्डका कारण जेल जीवन विताउनु परेको छ ।’

उनले गगन थापालाई ठूलो पाप लाग्ने बताएका छन् । ‘मानिसलाई पैसा मागेर नियुक्ती गर्ने अनि अहिले आएर त्यसरी फसाउन मिल्छ । गगन थापालाई ठूलो पाल लाग्छ । उनले पाप कर्म गरेका छन् ।’ उनले भने ।

हेर्नुहाेस् भिडिओ:


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा