मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ५६ अंक बढीले गिरावट आएको छ । गत हप्ताको बिहीबारदेखि एकैचोटी चार दिन पछि मंगलबार मात्र खुलेको बजारमा एकैदिन ५६.०३ अंकको गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेन्ज–नेप्सेका अनुसार आज नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३ हजार १२४.८७ विन्दुमा झरेको हो । त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत १२.८१ अंकले घटेर ५७७.६६ विन्दुमा झरेको नेप्सेले जनाएको छ ।
चार दिन पछि एकैपटक मंगलबार खुलेको बजारमा हाइड्रोपावर समूहको सूचकमा सबैभन्दा बढी ६.२१ प्रतिशतले गिरावट आएको छ । यस्तै, विकास बैंक, होटल तथा पर्यटन, बैंकिङ्ग, ट्रेडिङ्ग, जीवन बीमा, माइक्रोफाइनान्स लगायतका उपसमूहले गुमाएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।