शनिबार, साउन ३० २०८३
ताजा अपडेट

बुद्धि सुध्रिएर आए आफ्नै पार्टीमा ओलीलाई ढोका खुला गर्ने माधव नेपालको अभिव्यक्ति


  • मंगलबार, भाद्र ८ २०७८
9.1K
SHARES

फाइल तस्विर

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले विचार र धारण परिवर्तन गरे उनका लागि ढोका खुला रहेको बताएका छन् । चन्द्रागिरिमा पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीको बुद्धि सुध्रिएर विचार र धारणा परिवर्तन भए ढोका खुला रहेको बताएका हुन् ।

केपी ओलीले विचार र धारणा परिवर्तन गर्छन् भने उनलाई हाम्रो पार्टीको ढोका खुला छ’, नेता नेपालको भनाइ छ । उनले अझै पनि आफूलाई ओलीले घर न घाटको बनाउने षड्यन्त्र जारी राखेको भन्दै त्यसलाई असफल पार्दै अघि बढ्ने दाबी गरे । त्यस्तै उनले ओलीमा सद्बुद्धि पलाओस् भन्ने कामना गरेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा