नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीका संयोजक माधवकुमार नेपालले आफूहरुलाई घर न घाटको बनाउने षड्यन्त्र हुँदै आएकोमा त्यसलाई चिरेर आफूहरुले नयाँ पार्टी गठन गरेको बताएका छन् । उनले पत्रकारहरुसँग मंगलबार कुरा गर्दै केपी शर्मा ओलीले नेकपा एमालेलाई प्राइभेट कम्पनी बनाउन थालेपछि आफूहरुले पार्टीमा विद्रोह गरेको प्रस्ट पारे । उनले आफूहरुले ओलीको गलत प्रवृत्तिविरुद्ध विचार, मूल्य र मान्यताको लडाई लडेको पनि बताए ।
उनले ओलीको नेतृत्वमा एमालेमा कुनै सुधारको लक्षण नदेखिएका कारण आफूहरुले नयाँ राजनीतिक शक्ति निर्माण गरेको उल्लेख गरे । उनले भने, ‘घर न घाटको हुने अवस्था देखिएपछि नयाँ पार्टी बनाउने विषयमा छलफल भयो, केही सहमत हुनुभयो, केहीले भने पार्टी तत्काल नफुटाउँ भन्ने कुरा रह्यो, केहीको तुरुन्त पार्टी खोलौं भन्ने आवाज थियो ।’
जेठ २ गतेमा फर्कने भनेर ओलीले बहाना बनाएको उनको आरोप छ । पार्टीलाई एक हुन नदिने र विभिन्न बहाना बनाएर अल्झाइराख्ने नियत देखिएपछि आफूहरुले पार्टीमा विद्रोह गर्दै नयाँ दल निर्माण गरेको उनले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।