शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काँग्रेस अधिवेशन तोकिएकै समयमा हुने, क्रियाशील सदस्यता विवाद काँग्रेसले टुङ्ग्यायो


  • सोमबार, भाद्र ७ २०७८
9.6K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुंगिएको छ । क्रियाशील सदस्यताकै कारण महाधिवेशन कार्यतालिका प्रभावित हुँदै आएकोमा सोमबार नेताहरुले सहमति जुटाएका हुन् ।

सोमबार साँझ पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले सदस्यता विवाद सुल्झाउँदै सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन् । देउवालाई प्रतिवेदन बुझाउँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि उपस्थित थिए । देउवा निवास बुढानीलकण्ठमा प्रतिवेदन बुझ्दै सभापति देउवाले महाधिवेशन निर्धारित मितिमा हुने बताए ।

साउन ३० को केन्द्रीय कार्यसमिति बैठकले भदौ २ सम्म सहमति गरी भदौ ३ मा सभापतिलाई प्रतिवेदन बुझाउन भनेको थियो । तर तीन नेता सम्मिलित कार्यदलले पाँच दिन ढिलो गरी सहमति जुटाएको हो ।

लेखक संयोजक रहेको क्रियाशील सदस्यता छानविन समितिले साउन १२ मा प्रतिवेदन बुझाउँदै बारा, सप्तरीसहित १३ वटा निर्वाचन क्षेत्रको विवाद सुल्झाउन पार्टीलाई सिफारिस गरेको थियो । यी क्षेत्रमा समायोजनसम्बन्धी विवाद बढी थियो । समितिले बारा र सप्तरीको फाइल भने खोलेको थिएन । ‘अब क्रियाशील सदस्यतासम्बन्धी सबै विवाद मिल्यो,’ नेता रमेश लेखकले भने, ‘सहमतिमा हामीले सदस्यता विवाद टुंग्याएका छौं ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा