आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

मन्त्री छान्ने विषयमा बाबुराम–उपेन्द्रबीच लफडा, बाबुरामले गरे विद्रोह


  • सोमबार, भाद्र ७ २०७८
9.3K
SHARES

फाइल तस्विर

काठमाडौँ – मन्त्री छान्ने विषयमा जनता समाजवादी पार्टीमा लफडा भएको छ । काँग्रेस नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बन्न खुट्टा उचालेर बसेका उपेन्द्र यादवलाई बाबुराम भट्टराईले मन्त्री बन्नबाट रोकेपछि लफडा भएको हो ।

जसपा संघिय परिषद अध्यक्ष बाबुरामले ठूला नेताहरु प्रधानमन्त्री बन्ने बेलामा मन्त्रीमा लोभ गर्न नहुने अडान राखेपछि लफडा भएको छ । प्रतिगमन भनेर सत्ताको रसस्वादनका लागि शरण दिएका महन्थ ठाकुरसँग नै धोकाधडी गरेर पार्टी हत्याएका उपेन्द्र यादव जसपामा अफ्ठेरोमा परेका छन् ।

सरकारमा सहभागी हुन महन्थसँग धोकाधडी गरेका उपेन्द्र सत्तामै सहभागी हुने विषयले हत्याएको पार्टी जसपाभित्र अफ्ठेरोमा परेका हुन् । बाबुराम उपेन्द्र भन्दा पनि राजेन्द्र श्रेष्ठ वा महेन्द्रराय यादवलाई पार्टीको नेतृत्व गरेर सरकारमा पठाउन चाहन्छन् ।

किनभने पटक पटक उपेन्द्रमात्रै सरकारमा गएकाले नयाँको पालो आउनुपर्ने बाबुरामको मत छ । जुन उपेन्द्रले सत्ताका लागि आफूलाई जोगाउने महन्थलाई घात गरे आज तिनै उपेन्द्रका लागि बाबुराम चुनौती बनेर आएका छन् ।

बाबुरामले आफ्नो समूहबाट पत्नी हिसिला यमी वा गंगानारायण श्रेष्ठमध्य एक जनालाई मन्त्री बनाउन प्रस्ताव गरेका छन् । तर उपेन्द्रले आफ्नो पक्षबाट मात्र मन्त्री बनाउनेगरी एकलौटी गर्न खोजेपछि बाबुराम समूह विद्रोहमा उत्रिएको हो ।

सरकारमा आफूले चाहेका मन्त्री बनाउन नमाने उपेन्द्रलाई सरकारमा पार्टीको नेतृत्व गर्न नदिने रणनीति बाबुराम समूहको छ । हिसिलालाई मन्त्री नबनाए महेन्द्रराय यादव वा राजेन्द्र श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने लबिङ बाबुराम समूहको छ ।

यसअघि केन्द्रीय कमिटी बैठकमा उपेन्द्रको छुट्टै सोफा राखेपछि नाराबाजी भयो । यो पनि बाबुराम समूहले नै गरेको थियो । अध्यक्ष यादवले आफूलाई छुट्टै सिट बनाएर राजा बन्न खोजेको भन्दै बाबुराम समूहले नाराबाजी गरेको थियो ।

हिसिला र गंगानारायणको नेतृत्वमा सिट व्यवस्थापनको विषयलाई लिएर बैठकको पहिलो दिन डा। भट्टराई पुत्री मानुषी, ज्वाई डेकेन्द्र श्रेष्ठ, पार्टीको युवा संगठनको सचिव मञ्जु तामाङ, उपाध्यक्ष दीपक महतोलगायत नाराबाजीमा उत्रिएका थिए ।

राजा बन्न खोज्ने उपेन्द्र यादव मुर्दावाद भनेर नाराबाजी गरे । यसरी जसपामा उपेन्द्रलाई बाबुरामले चारैतिरबाट न्याकिरहेका छन् । सत्ता रथारोहणसम्म पुग्दा यो अझै ज्वालाको रुपमा आउने अनुमान गरिएको छ ।

जसपाले ६ मन्त्रालय पाउने भएको छ । बाबुरामको तर्फबाट मन्त्री बन्न योग्य कोही पनि नभएपछि बखेडा झिकेका हुन् । बाबुरामको नयाँ शक्तिबाट उनी एक्लै निर्वाचित भएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा