एमालेका तेस्रो धारका नेताहरु अन्ततः एमालेमै रहने भएका छन् । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा अध्यक्ष ओली र तेस्रो धारका नेताहरुबीच भएको छलफल सकरात्मक भएकाले उनीहरु एमालेमै रहने भएका हुन् ।
सोमबारको छलफल सकरात्मक रहेको सो छलफलमा सहभागी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । उनले भने, ‘आजको छलफल सकरात्मक भएको छ । समग्र एकताको कुरा भएको छ । भोलिको बैठकमा हामी सबै सहभागी हुन्छौं । र सोही बैठकमा बाँकी कुरामा छलफल गर्दै अगाडि बढ्छौं ।’
सोमबार ओलीसँग छलफलका लागि उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिब घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बालकोट पुगेका थिए ।
यसअघि माधवकुमार नेपाल निकट रहेका उनीहरु पार्टी विभाजनमा भने तटस्थ बसेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।