१० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने वार्तामा सहभागी बागमती प्रदेशकी मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले आफूहरू एमाले छाडेर कतै जान नसक्ने बताएकी छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहानैदेखि भएको १० बुँदे कार्यान्वयनको निर्णायक छलफल भएको थियो । छलफल पछि उनले एमाले छोडेर कतै जान नसकिने तर्क गरेकी हुन ।
१० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने अडानमा रहेका नेताहरूले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलबाट ग्यारेन्टी मागेका थिए । नेतृत्वले कार्यान्वयनको प्रतिबद्धता जनाएपछि उनीहरू मंगलबारको बैठकमा सहभागी हुन तयार भएका छन् ।
छलफल चलिरहेका बेला एमाले प्रवक्ता तथा विघटित वार्ता टोलीका सदस्य प्रदीप ज्ञवाली पनि बालकोट पुगेपछि वार्ता सहमतिनजिक पुगेको अनुमान गरिएको थियो ।
वार्तामा सहभागी वागमती प्रदेशकी मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले आफूहरू एमाले छाडेर कतै जान नसक्ने बताइन् । उनले १० बुँदे कार्यान्वयनसँगै एमाले सशक्तरूपमा अघि बढ्ने र स्थानीय चुनाव जित्ने गरी पार्टी पंक्ति परिचालित हुने बताइन् ।
बागमती प्रदेशकी मुख्यमन्त्री समेत रहेकी उनले यस्तो तर्क गरे सँगै जनकारहरू पद नपाएकै कारण ओलीको विरोधमा उत्रेका नेताहरूको पद पाए पछि बोली फेरिएको तर्क गरेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।