शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पूर्व गृहमन्त्री ‘बादल’का भाइ नरेश जेलबाट रिहा, के थियो अपराध ?


  • सोमबार, भाद्र ७ २०७८
10.3K
SHARES

नरेश थापा । तस्विरः फाइल

पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाइ नरेश थापा जेलबाट छुटेका छन् । उच्च अदालत पाटनले नरेशकुमार थापालाई २०७६ माघ २७ मा १ वर्ष ६ महिना थुनामा राख्न आदेश गरेको थियो । अदालतले तोकेको सजाय पुरा गरेपछि थापालाई रिहा भएकाे बताइएकाे छ ।   थापाले सजाय पुरा गरि आज रिहा भएका हुन् ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा दोषी ठहर भएका समिरमानसिंह बस्नेसँग मिलेर नरेशले आपराधिक गिरोह सञ्चालन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

आपराधिक लाभ र संगठित अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशलाई बदर गर्दै उच्च अदालतका तत्कालीन मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीमणकुमार गौतमले थापालाई थुनामा राख्न आदेश गरेका थिए ।
२०७६ असोज १ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले मागेको १ लाख धरौटी बुझाएर छुटेका थापा उच्चको आदेशपछि फेरि पक्राउ गरेका हुन् । केन्द्रीय कारागार सुन्धारामा रहेका बस्नेतसँग मिलेर नरेशले ठेकेदारलाई धम्की दिने ‘गिरोह’ सञ्चालन गरेका थिए । गौचनको २०७४ असोज २३ मा हत्या भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा