शनिबार, साउन ३० २०८३
ताजा अपडेट

तेस्रो धारका नेताहरूलाई गोकुलको दनक, मङ्गलवारे समयको रोइलो मैले बुझिनँ 


  • सोमबार, भाद्र ७ २०७८
9.7K
SHARES

फाईल तस्बिर

एमाले नेता गोकुल बाँस्कोटाले तेस्रो धारका नेताहरूलाई रोइलो नगर्न आग्रह गरेका छन् । अध्यक्ष केपी ओलीका विश्वासपात्र मानिने बाँस्कोटाले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबारपछि बुधबार आउने बताएका छन् ।

तेस्रो धारका नेताहरूले ओली र प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई मंगलबारसम्मको समय दिएका थिए । बाँस्कोटाले लेखेका छन्, ‘मंगलबारे समयको रोइलो मैले बुझिनँ । बस्नेलाई राडी बिच्छ्याएको फलैँचा जानेलाई बाटो । काग र कोइली कालै देखिन्छन् र चलाख पनि । तर, खास फरक गृष्मयाममा देखिन्छ । र, सबैलाई थाहा छ मंगलबारपछि बुधबार आउँछ ।’

१० बुँदे सहमति निर्माणमा संलग्न नेतासहित नेपालको साथ छाडेका ५७ जना केन्द्रीय सदस्य र सांसदले शुक्रबार भेलामार्फत पार्टी अध्यक्ष ओली र प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल दुवैमाथि समयसीमा तोकेर दबाब दिएका थिए ।

नेपालको प्रस्तावित पार्टीको हस्ताक्षर सनाखत हुने ९ भदौअगावै १० बुँदे सहमति कार्यान्वयनका लागि प्रस्ताव गरिएको चरण र कार्यतालिका अक्षरशः लागू गर्ने गरी सुरु गर्न तथा नेपालसहित १४ सांसदमाथिको कारबाही फिर्ता गर्न उनीहरूले ओलीलाई अल्टिमेटम दिएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा