आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

कोरोनाले रोकेन गाईजात्रा, मुखमा मास्क लगाएर गाईजात्रा मनाउँदै


  • सोमबार, भाद्र ७ २०७८
6.7K
SHARES

फाइल तस्विर

आज गाईजात्रा पर्व । विशेष गरी नेवारी समुदायले दिवंगत आफन्तको सम्झनामा यो पर्व मनाउने गर्दछन् । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा पर्व विभिन्न कार्यक्रम गरेर काठमाडौं लगायत देशभर मनाउने गरिन्छ ।

कोरोना महामारीका कारण यस वर्षको गाईजात्रा स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी कायम गरेर मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरसहित नेवार समुदायको बाहुल्यता रहेका देशभरका विभिन्न स्थानमा मास्क लगाएर स्थानीयहरुले गाईजात्रा पर्व मनाइ रहेका छन् ।

आजका दिन गाई वा मानिसलाई गाईको रुपमा सिँगारेर आफ्नो क्षेत्रमा परिक्रमा गर्ने चलन छ । यसरी मानिसलाई गाईको रुपमा सिँगारेर नगर वा आफ्नो क्षेत्र परिक्रमा गर्नाले वर्षदिन भित्र दिवंगत भएकाहरुले धर्मशास्त्रमा वर्णित वैतरणी नदी सहजै पार गर्न सक्छन् भन्ने धार्मिक मान्यता रही आएको छ ।

राजा प्रताप मल्लले पुत्रको मृत्युको शोकमा भावविह्वल भएकी रानीलाई बुझाउनका लागि सबै जनतालाई आफ्नो घरबाट गाईजात्रा निकाल्नू भनेर आदेश दिएपछि यो पर्व शुरु भएको बताइन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा