केपी ओलीको चर्को आलोचकमध्ये एक माधब पक्षका नेता जगन्नाथ खतिवडाले एक अनलाईन पत्रीका संग अन्तरवार्ता दिदै केपी ओली केन्द्रमा रहेर फाँसीवादी ढङ्गले सेटिङ गर्दै एमाले समाप्त गर्न लागेको आरोप लाएका छन् ।
उनले सो अन्तरवार्तामा भनेका छन् पुनर्जागरण एमालेमा पहिले थियो, अहिले समाप्त हुँदै गयो । त्यसलाई जोगाउनुपर्यो । विचारमा, संगठनमा, राष्ट्रियताको चेतनामा, संस्कृतिमा हरेक ठाउँमा । जनवादी संस्कृति थियो, त्यो पुनर्जागरण गर्नुछ । पुराना विरासतलाई जगेर्ना गर्ने र नयाँ पुस्तालाई सुहाउने संस्कृति निर्माण गरेर हिंड्न सकिएन भने पार्टी बलियो बन्दैन । सबैभन्दा पहिले हामी त्यो ठाउँमा ध्यान केन्द्रित गर्छौं भन्दै केपी ओलीकै कारणले पार्टी बिभाजन हुन पुगेको तर्क गरेका छन ।
नेता खतिवडा दोस्रो तहका नेताहरूको चर्को आलोचना समेत गरेका छन् । खतिवडा भन्छन ‘फोहोरको डंगुरबाट डुंगालाई निकाल्नुपर्ने थियो । दोस्रो तहका नेताहरुलाई माझीको रूपमा राख्यौं र माधव नेपाल सहित हामी डुंगामा चढ्यौं,’ उनी भन्छन्, डुंगा छोडेर दोस्रो तहका नेताहरु त्यही फोहोरमा हाम फाल्नुभयो ।’ माधव नेपाल सहितका नेताहरू पौडी खेलेर पार गरेको, दोस्रो तहका नेताहरू त्यहीं डुबिरहनुभएको उनको विश्लेषण छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।