शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

छाता र रेनकोटको व्यवस्था गरेर मात्रै घरबाट निस्किनु, अझै ४ दिन वर्षा जारी रहने पूर्वानुमान


  • सोमबार, भाद्र ७ २०७८
8.2K
SHARES

फाइल तस्विर

हाल देशभर सामान्य बदली रहि प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ।

मनसुनी प्रणाली सक्रिय हुदाँ आउने बुधबार विहीबार भारी वार्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायु न्यूनचापीय रेखा नेपाल प्रवेश गर्ने भएकाले भारी वर्षा हुने बताइएको छ । सो दिन उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।

हाल मनसुनी वायु न्यूनचापीय रेखा नेपालमाभन्दा बाहिर रहेको जनाएको छ । केही दिनदेखि स्थानीय वायू सक्रिय रहेका कारणले खण्डबृष्टि हुने महाशाखाले जनाएको छ । आइतबारदेखि मंगलबार रातीसम्म सामान्य वर्षा हुनेछ । यस वर्षको मनसुनी अवधिमा सरदर औषतमा भन्दा बढी वर्षा हुने पूर्वानुमान रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा