शनिबार, साउन ३० २०८३
ताजा अपडेट

माधव नेपाललाई धोका दिई, बार्गेनिङ गर्ने मनसायमा रहेका एमाले नेता ओली भेट्न बालकोटमा


  • सोमबार, भाद्र ७ २०७८
10.1K
SHARES

फाइल तस्विर

नेकपा एमाले पार्टी भित्र माधव खेमा भनेर चिनिएका भीम रावल लगायत दोस्रो पुस्ताका नेता हरू तेस्रो धारमा देखिएका छन् ।

१०बुँदे सहमति कार्यान्वयनका लागि अल्टिमेटम दिएका नेकपा एमालेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट लगायतका नेताहरु बालकोट पुगेका हुन् ।

लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका उनीहरुले भोलि निर्वाचन आयोगमा माधवकुमार नेपाल समूहको नयाँ पार्टीका नेताहरुले सनाखत गर्नुअघि नै २७ असारमा भएको १०बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न माग गरेका छन् ।

अध्यक्ष ओली पक्षका नेताहरुले भने १० बुँदे कार्यान्वयनमा गइसकेको बताएका छन् । दोस्रो तहका नेताहरूलाई माधव नेपाललाई धोका दिएको तर ओली समक्ष बार्गेनिङ गर्न खोजेको समेत आरोप लाग्दै आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा