शनिबार, साउन ३० २०८३
ताजा अपडेट

आफू सभापति जित्ने शतप्रतिशत ग्यारेन्टी नभए सम्म महाधिवेशन नगर्ने मुडमा देउवा !


  • सोमबार, भाद्र ७ २०७८
10.7K
SHARES

फाइल तस्विर

नेपाली राजनीतिको सबैभन्दा पुरानो र समाजवादी राजनीतिको परिपक्व दल नेपाली काँग्रेसको अहिले चौधौँ महाधिवेशन घोषणा हुने अनि हुन नसक्ने अनि फेरी समय तालिका हेरफेर भएर सर्ने कार्यक्रम चलिरहेको छ ।

परिपक्व विचार र स्पष्ट नेतृत्वको अभावमा नेपाली काँग्रेसले विभिन्न समयमा पार्टीभित्र र पार्टी बाहिरबाट आलोचना खेपिरहेको छ । नेपालको इतिहासमा सबैभन्दा पुरानो राजनीतिक दलको रापमा स्थापित पार्टी र नेपालको हरेक प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनको नेतृत्व लिएको पार्टीको चौधौँ महाधिवेशनको सरगर्मी चलिरहँदा अहिले काँग्रेसभित्रको विभिन्न खेमाको रस्साकस्सीसमेत सलबलाएको छ । तर सभापति देउवा स्वयम आफै नेतृत्व गर्ने मनसायमा देखिन्छन् ।

आफु जित्ने सुनिश्चितता नभए सम्म महाधिवेशनको समय सार्ने मनसाय देउवाको रहेको कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान नगर्नुले प्रस्टै देख्न सकिन्छ ।

नेपाली काँग्रेसमा अहिलेको मुख्य नेतृत्वको कुरा गर्ने हो भने वर्तमान सभापति शेरबहादुर देउवा ७५ वर्ष पुग्नुभयो । यसै गरी विमलेन्द्र निधि ६४ वर्ष, प्रकाशमान श्रेष्ठ ६५ वर्ष, रामचन्द्र पौडेल ७६, विजयकुमार गच्छदार ६७, शशांक कोइराला ६२, सुनिलबहादुर थापा ६२, सुजता कोइराला ६७, कृष्णप्रसाद सिटौला ७२, रामशरण महत ७०, प्रकाश शरण महत ६२, मीनेन्द्र रिजाल ६३, अर्जुन नरसिंह केसी ७३, नारायण खड्का ७२, ज्ञानेन्द्र बहादुर कार्की ६३, आनन्दप्रसाद ढुङ्गनाा ७१, कुलबहादुर गुरुङ ८५, सीतादेवी यादव ६६, चित्रलेखा यादव ५६ वर्ष पुगेका छन् । अहिले पार्टीको नेतृत्व उहाँहरूको वरिपरि घुमिरहेको छ । भने टड्कारो रूपमा युवापुस्तामा नेतृत्व हस्तान्तरणको सवाल पनि उठिरहेको छ । तर शेर बहादुर देउवा स्वयम भने आफू सभापति जित्ने ग्यारेन्टी नभए सम्म अलमलमा पारेर आफ्नु पकड बनाउने तिर ध्यान केन्द्रित रहेको एक जानकारको भनाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा