शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

एसईईका लागि छापिएका ५१ लाख प्रश्‍नपत्र थन्किए, अब के गरिन्छ ?


  • KTM Khabar
  • आइतबार, भाद्र ६ २०७८
4.9K
SHARES

सांकेतिक तस्बिर

माध्यामिक शिक्षा परीक्षा (एसईई)का लागि प्रकाशन भएका ५१ लाख सेट प्रश्नपत्र थन्किएका छन् । भौतिक उपस्थिति सहित परीक्षा हुन नसकेपछि तयार पारीएका प्रश्नपत्रहरु थन्किएका हुन् । जसकारण ती प्रश्नपत्र छापिएर पनि विद्यार्थीको हातमा पर्न सकेको छैन ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले भने ती प्रश्नपत्रहरु बोर्डमा सुरक्षित साथ राखिएको जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले प्रश्नपत्रका सम्बन्धमा बोर्डले अहिलेसम्म कुनै निर्णय नगरेको बताए ।

उनले भने, ‘प्रश्नपत्र अहिलेसम्म वितरण गरिएको छैन । हामीले सुरक्षित साथ राखेका छौँ । बोर्डले निर्णय गरेर प्रश्नपत्रहरु सार्वजनिक गरौँ भन्ने निर्णय गरेमा कार्यान्वयन गर्न सकिन्छ । अर्कोपटकलाई प्रश्नपत्र प्रयोग गर्ने गरी अहिलेलाई त्यत्तिकै राखौँ भनेर पनि निर्णय हुनसक्छ ।’

कक्षा १० को पाठ्यक्रम परिवर्तन नभएकाले अर्को पटक प्रयोग गर्ने विकल्पका बारेमा पनि छलफल चलिरहेको छ । यद्यपि बोर्डले निर्णय भने गरेको छैन । एसईईको तयारीमा रहेका विद्यार्थीहरुले भने प्रश्नपत्रहरु आफूलाई वितरण गरे ‘प्रयाक्टिस’ गर्न पाइने बताउँछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा