एक माओवादी केन्द्रका नेताले नाम नबताउने सर्तमा, राज आऊ देश बचाउ भन्ने नारा सडकमा गुन्जिनुमा केपी ओली दोषी रहेको बताएका छन् ।
केपी ओली गणतन्त्रको लागी जीवन सङ्घर्ष गरेका मान्छे कसरी राजाको विषयमा कुरा उठाउनेलाई सहयोग गर्न सक्छन् भन्ने हाम्रो जिज्ञासामा देखाउने दाता एउटा र साठगाँठ अर्कै सँग भएको तर्क गर्दै संसद् विघटन गरेर यो व्यवस्था लाई नै धरमर बनाएर पुरानो ढली सकेको राज्य व्यवस्थालाई उक्साउने काम केपी ओलीले गरेको भन्दै राजा आऊ देश बचाउ भन्ने नारा लाउन भित्री रूपमा उक्साउने मान्छे केपी ओली रहेको बताएका छन् ।
गणतान्त्रिक राज्यलाई ढलमल बनाउनलाई र पुराना सक्तीलाई उक्साउनकै लागि संसद् दुई दुई पटक विघटन गरेको उनको तर्क थियो । अब राजा आउने सम्भावना छ र भन्ने प्रश्नमा बिदा भई सकेको राजा आउने सम्भावना नरहे पनि यो राज्य व्यवस्थालाई ढलमल बनाउने तत्त्वहरूले राजको पक्षमा वाक लात गरेको उनको भनाई छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।