एमाले नेता तथा उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी ओलीले १० बुधे सहमति कार्यान्वयन गरे नेता माधव नेपालको मन फर्किने बताएका छन् । एक अनलानईलाई अन्तरवार्ता दिँदै भुसालले १० बुधे सहमति कार्यान्वयनमा जोड दिएका हुन ।
पार्टी अध्यक्ष ओलीजीले जस्तोसुकै अप्ठ्यारो बेला सम्झौता गर्ने उहाँले लिने चाहिँ लिनुहुन्छ, दिने चाहिँ दिनुहुन्न भन्ने स्थापित जस्तै भएको बताउँदै उनले १० बुधे कार्यान्वयनमै जोड दिएका छन् ।
कमरेड ओली पार्टी विभाजन गर्न व्यवस्थित रुपमा लागे जस्तो देखिएको भन्दै भुसालले हामी सकेसम्म पार्टी विभाजन रोक्न अन्तिमसम्म प्रयत्न गर्ने तर्क गरेका छन ।
आठ महिना लामो मतभेद र अन्तरसंघर्षपछि २ भदौदेखि नेकपा एमाले विभाजन वैधानिक प्रक्रियामा गएको छ । पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको प्रक्रियामा छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।