आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

क्रियाशील सदस्यता विवाद टुंगियो, आज बुझाउँछौं : लेखक


  • आइतबार, भाद्र ६ २०७८
7.9K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका नेता रमेश लेखकले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको बताएका छन् । क्रियाशील सदस्यताको बाँकी काम टुंगो लगाउन गठित तीन सदस्यीय समितिमा रहेका नेता लेखकले आइतबार सभापतिलाई सहमतिको प्रतिवेदन बुझाउने बताए ।

कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र लेखकलाई क्रियाशील सदस्यतासम्बन्धि विवाद मिलाउने जिम्मा दिएको थियो ।

हामीले सदस्यतासम्बन्धी विवादलाई टुंगो लगाएका छौं । आइतबार (आज) अन्तिम रुप दिएर प्रतिवेदन बुझाउँछौं,’ उनले  भने, ‘म संयोजक रहेको समितिले धेरै विषयमा पहिला नै टुंगो लगाइसकेको थियो । केही विषय पार्टीलाई निर्णय गर्न भनिएको थियो । त्यसमा पनि हामीहरुले सहमति गरेका छौं । सबै कुरा टुंगियो भनेर बुझ्नुस् ।’

क्रियाशील सदस्यतामा भएको सहमतिबारे तीन नेताले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका थिए । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र पौडेललाई सहमतिको प्रतिवेदनबारे जानकारी गराइएको एक नेताले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा