आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

तटस्थ रहेका नेताहरूलाई ओली पक्षको जवाफ: पार्टीको काममा फर्कनुस् बार्गेनिङ को अर्थ छैन


  • आइतबार, भाद्र ६ २०७८
6.1K
SHARES

तस्विरः फाइल

एमालेका नेताहरूले पार्टीमा ‘बार्गेनिङ’ नचल्ने भन्दै ५७ नेताले पार्टी विवाद समाधान गरेर एकताको लागि भन्दै गरेको बार्गेनिङको अर्थ नभएको बताएका छन् ।

नेकपा एमाले विभाजन हुँदा माधव नेपाललाई साथ नदिएर पार्टी एकताको पक्षमा रहेका स्थायी र केन्द्रीय कमिटीका ५७ नेताले पार्टी विवाद समाधान गरेर एकताका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थप दबाब दिने निर्णयमा पुगेका थिए ।

१० बुँदे कार्यान्वयन गर्नका लागि अल्टिमेटम दिनुपर्ने र कार्यान्वयन नभए विद्रोह गरेर माधव नेपालले दर्ता गरेको नेकपा (एकीकृत समाजवादी)मा जानुपर्ने धारणा पनि प्रकट भएको छलफलमा सहभागी एक नेताले बताए ।

एमाले अध्यक्ष केपी ओली निकट नेताहरूले भने बार्गेनिङका लागि भनिएको अल्टिमेटमको अर्थ नहुने प्रतिक्रिया दिएका छन् । ओलीका तर्फबाट कार्यदलमा रहेका एक सिनियर नेताले  भने, ‘त्यस्तो अल्टिमेटम म भएको भए पनि दिन्नथेँ, अरूले पनि दिनु हुँदैन । त्यसले एकताको प्रयासलाई बिगार्छ । एकतामा लागेका साथीहरूले त्यस्तो भाषा बोल्नै हुँदैन । निरन्तर एकताको प्रयासमा लाग्नुपर्छ ।’

नेकपा एमालेका अर्का नेता एवम् स्थायी समिति सदस्य सत्यनारायण मण्डल भन्छन्, ‘उनीहरूको नियत नै राम्रो छैन । उनीहरू कसैको प्रभावका परेका छन् । बार्गेनिङको अर्थ छैन । पार्टीमा आफ्नो जिम्मेवारीमा आएर काम गर्दा हुन्छ ।’

५७ जना नेताले भनेको १० बुँदे सहमति पार्टीले अनुमोदन गरिसकेको र त्यसको कार्यान्वयनको लागि पार्टीको गतिविधिमा सहभागी भएर खबरदारी गर्नुपर्ने मण्डलको भनाइ छ ।

‘१० बुँदे सहमतिलाई पार्टीले अनुमोदन गरिसकेको छ । कार्यान्वयनको लागि त पार्टी बैठकमा आउनुपर्‍यो । बाहिर बसेर बार्गेनिङ गर्ने भनेको पार्टीलाई सिध्याउने नियत मात्रै हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा