शनिबार, साउन ९ २०८३
ताजा अपडेट

देउवालाई मैले संसदिए दलमै चुनौति दिएकैहो, सभापतिको उम्मेद्वारीबाट पछि हट्दिन : प्रकाशमान


  • शनिबार, भाद्र ५ २०७८
13.6K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् ।

शनिबार काठमाडौंको चन्द्रागिरी नगर समितिले आयोजना गरेको विचार गोष्ठीमा नेता सिंहले आफू सम्पूर्ण रुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि नहट्ने बताएका हुन् । आमजनताको दुखमा मलमपट्टी लगाउन लागि भए पनि आफू काँग्रेस सभापति बन्नु पर्ने उनले बताए ।

आम जनताको दुखमा मलमपट्टी लगाउन भए पनि म कांग्रेसको सभापति बन्नु पर्छ, सबैलाई मिलाउन सक्ने मसँग क्षमता छ’ उनले भने, ‘पार्टी सञ्चालन गर्न सक्ने क्षमता छ, म किन पार्टी सभापति नबन्ने ? त्यसैले सभापतिको उम्मेदवारीबाट पछि हट्दैन ।’

नेता सिंहले १३ औं महाधिवेशन पछि अहिले नेपाली कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको बताए । नेतृत्व गलत भएपछि इतिहास बोकेको पार्टी पनि कमजोर हुने बताउँदै उनले क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि पनि मौका दिए आफ्नो खुट्टामा आफैं बञ्चरो प्रहार गरेसरह हुने टिप्पणी गरे ।

उनले कम्युनिष्टहरुले कांग्रेसलाई सहयोगी पार्टीको रुपमा प्रयोग गर्न खोजेको बताए नेता सिंहले जनता र देशलाई संकट पर्दा कांग्रेसले नै साथ दिने भन्दै कांग्रेस जनताको पार्टी जनताको पार्टी भएको दाबी गरे ।

उनले केही व्यक्तिहरुले आफ्नो स्वार्थका लागि क्रियाशील सदस्यता वितरणमा अनियमितता गरेको दावी गर्दै यसले वर्षौंदेखि पार्टीमा संघर्ष गरेका नेता कार्यकर्ता निराश भएको समेत बताएका छन् । पूर्व महामन्त्री  प्रकाशमान सिंहले संसदिए दलको नेतामा समेत देउवालाई चुनौति दिइसकेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा