शनिबार, साउन ९ २०८३
ताजा अपडेट

माओवादीसँग एकता नगरेको भए एमाले ५० सिटमा खुम्चन्थ्यो : राजेन्द्र पाण्डे


  • शनिबार, भाद्र ५ २०७८
12.5K
SHARES

तस्विरः फाइल

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले गत निर्वाचनमा माओवादीसँग एकता नगरेको भए एमाले ५० सिटमा खुम्चने बताएका छन् ।

पार्टी विभाजनपछि शनिबार नेकपा एकीकृत समाजवादी पार्टीको युवा संगठन धादिङको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता पाण्डले माओवादीसँग एकतापछि मात्रै एमाले अहिलेको अवस्थामा पुगेको बताएका हुन् ।

‘माओवादीसँग एकता भएर नेकपा नबनेको भए एमाले ५० सिटमा खुम्चन्थ्यो,’ उनले भने, ‘माओवादीसँगको एकतापश्चात मात्र प्रत्यक्षतर्फ ८० सिट र समानुपातिकसहित १२१ सिट जित्न सफल भएका हौं ।‘

नेता पाण्डेले भने, ‘पार्टी एकताबाट नै थप शक्तिशाली बनेको तथ्य ओलीले कहिल्यै महसुस गरेनन् ।’ एउटा गुटको मात्रै नेतृत्व गरेर मनोगत ढंगले पार्टी चलाउँदा नेपालमा कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको उनको तर्क थियो ।

नेता पाण्डेले एमाले अध्यक्ष ओली नेपाली कम्युनिष्ट आन्दोलन नै सिध्याउने अभियानमा लागेपछि बाध्य भएर नयाँ पार्टी जन्माउनु परेको तर्क गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा