विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ करोड ९२ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ५ लाख ३ हजार ८६२ जना संक्रमण मुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १८ करोड ९२ लाख ४८ हजार ९५१ छ ।
यही अवधिमा ६ लाख ७५ हजार ८५४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या २१ करोड १४ लाख ८६ हजार ७४५ पुगेको छ ।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७८ लाख ११ हजार ३०७ छ । यसमध्ये १ लाख ९ हजार ८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार ९६० जनाको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४४ लाख २६ हजार ४९२ पुगेको छ ।
खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।
बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ४७ हजार २१३ जनामा संक्रमण भएको छ । यस्तै थप १०५९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ४२ हजार २८१ जनाको मृत्यु भइसकेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।