४ भदौ, विर्तामोड । व्यक्तिगत गोपनीयताको ख्याल नगरी भिडियो खिचेको अभियोगमा झापामा युट्युबर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा युट्युबर खगेन्द्र घिमिरेसहित व्यवसायी हेमराज भट्टराई र सुवास कार्की रहेका छन् ।
इलाका प्रहरी कार्यालय, अनारमनीले उनीहरुलाई पक्राउ गरेको हो । एक होटलमा खाजा खाइरहेका वेला कोठामा प्रवेश गरी विना अनुमित भिडियो खिचेर सार्वजनिक गरी चरित्र हत्या गरेको अभियोग उनीहरुमाथि छ । थप केही युट्युबरको खोजी भइरहेको झापा प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान हुनेछ ।
१ भदौमा भएको घटनाको भिडियो सार्वजनिक भएपछि व्यक्तिगत जीवनको विषय बाहिर ल्याएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।