भारतको तेलगंगाको लथुनर गाउँमा भएको एक घटनापछि कुखुराको भालेलाई प्रहरीले अदालतमा पेश गर्ने भएको छ ।
प्रहरीले जानकारी दिए अनुसार कुखुराको भाले अपराधी भएपनि पक्राउ गर्ने बारेमा सोच बनाएको छैन ।
गत २२ फरबरीमा भारतमा दुइटा भाले जुधिरहेका थिए ।सोही क्रममा एउटा आफ्नै भालेको खुट्टटामा बाँधिएको चक्कुले मालिकको कम्मरको तल्लो भागमा गंभिर चोट लाग्यो । चक्कुको प्रहारबाट गम्भीर घाइते भएका मालिकको उपचारको क्रममा निधन भएको थियो।
४५ वर्षीय थानुगुल्ला सतीशले प्राय भालेको खुट्टामा एक विशेष प्रकारको चक्कु बाधिदिएका हुन्थे । त्यसैक्रममा गल्तीले कुखुराको भालेको चक्कु सतिशतिरै तेर्सिएको बताइएको छ। चक्कुले काटेपछि उनको शरीरबाट धेरै रगत बग्यो जसका कारण उनलाई तत्काल अस्पताल लगिएको भएपनि उनि बाचेनन् ।
उक्त स्थानमा कुखुराको लडाईलाइ प्रतिवन्ध गरिएको छ तर पनि केही मानिसहरु लुकेर भाले जुधाई गर्दै आएका थिए ।घटनाका दोषी भाले ठहरिएपछि अब भालेलाई अदालतमा पेश गर्ने भनि आदेश दिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।