शनिबार, साउन ३० २०८३
ताजा अपडेट

केपी ओलीलाई लाग्यो झट्का, पार्टी फुटेको एक हप्ता नपुग्दै आइलाग्यो अर्को बज्रपात !


  • शुक्रबार, भाद्र ४ २०७८
14.8K
SHARES

तस्विरः फाइल

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अर्को बज्रपात आइलागेको छ । नेकपा एमाले फुटेको एक हप्ता पुग्न नपाउँदै ओलीलाई अर्को बज्रपात आइलागेको हो ।

ओलीकै कारण टुक्रिएको एमालेलाई ठूलो झड्का लागेको छ । विभाजनमा माधव कुमार नेपाललाई साथ नदिएका नेताहरूको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न पाँच दिने अल्टिमेटम दिएको छ ।

शुक्रबार बसेको उपाध्यक्ष भीम रावलसहितका नेताहरूको बैठक अध्यक्ष ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न पाँच दिनको अल्टिमेटम दिएको हो ।

उनीहरूले पाँच दिनभित्र ओलीले सहमति कार्यान्वयन नगरे माधव नेपाललाई साथ दिने पनि चेतावनी पनि दिएका छन् ।

‘हामीले कार्यदलस्थरमा भएको सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका छौँ,’ बैठकमा सहभागी नेता राजबहादुर बुढाले भने, ‘उहाँ (ओली) यो समयमा सच्चिनु भएन भने हामीले नेपालसँग जाने निर्णय लिन्छौँ ।’

बैठकमा पार्टी विभाजनमा नेपाललाई साथ नदिएका उपाध्यक्षद्वय भीम रावल र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम पाण्डे, सचिवहरु भीम आचार्य, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त, अमृत बोहरासहित केन्द्रीय सदस्यहरू सहभागी थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा