काठमाडौँ – नेकपा एमाले छोडेर माधव नेपालको नयाँ पार्टीमा लागेपछि वामदेव गौतमलाई चिठ्ठा परेको छ । एमाले उपाध्यक्ष रहेर लामो समय काम गरेका गौतमलाई नेपालले महत्वपूर्ण जिम्मेवारी दिएपछि चिठ्ठा परेको हो ।

उनलाई माधव नेतृत्वको नेकपा एकीकृत समाजवादीले पार्टीको तर्फबाट नेतृत्व गर्दै सरकारमा पठाउने भएपछि चिठ्ठा परेको हो । पार्टी दर्ता भएकै भोली पल्ट सरकारमा जाने समाजवादीको योजना छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा उप्रधानमन्त्री सहित महत्वपूर्ण जिम्मेवारी दिने सहमति भएको छ । निर्वाचन आयोगले विभाजित पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गरेलगत्तै दर्ता प्रक्रियामा रहेको पार्टी सरकारमा जाने भएको हो ।

आउँदो हप्ता नेकपा एस सरकारमा जाने निश्चितप्रायः भएको छ । विश्वस्त स्रोतका अनुसार बामदेव गौतमको नेतृत्वमा नेकपा एस सरकारमा जाने भएको हो ।

गौतमले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालय पाउने चर्चा छ । उनले गृहको जिम्मवारी मागेपनि देउवाले आफ्ना विश्वासपात्र बालकृष्ण खाँणकै लागि उक्त मन्त्रालय राख्ने भएका छन् ।