आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

एक लाख जनाले पाएनन् कोरोना बिमा भुक्तानी


  • शुक्रबार, भाद्र ४ २०७८
12.1K
SHARES

फाइल तस्बिर

कोरोना बिमा गराएकाहरुमध्ये करिब एक लाख जना बिमितहरुले अझै बिमा बापतको रकम भुक्तानी पाउन सकेका छैनन् ।

निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बिमक संघले बिमा समितिलाई पत्राचार नै गरेर भुक्तानी गर्न नसकिने बताएको छ ।

बिमा समितिका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार कोरोना मापदण्डमा भए अनुसार सरकारले भुक्तानी दिनु पर्ने रकम नदिएको भन्दै संघले भुक्तानी रोक्ने लिखित पत्राचार नै गरेको हो । संघका अध्यक्ष दीप प्रकाश पाण्डे प्रमुख कार्यकारी अधिकृत रहेको शिखर इन्स्योरेन्सले समेत ठूलो परिमाणमा भुक्तानी दिन बाँकी रहेको छ ।

बिमा समितिका अनुसार १ लाख ३७ हजारले १३ अर्ब अर्बको दाबी पेश गरेका थिए । यसमध्ये ५० हजार हाराहारीले मात्रै भुक्तानी पाएको समितिले जनाएको छ । यसमा पनि बिमा कम्पनीहरुले एक रुपैयाँ पनि आफ्नो रकम लगानी गरेका छैनन् ।

भुक्तानी भएको ३ अर्ब मध्ये २ अर्ब सर्वसाधारणहरुबाटै उठाएको रकम भुक्तान गरिएको छ भने बाँकी १ अर्ब रकम बिमा समितिले दिएको भुक्तानी भएको हो ।

सरकारले बाँकी रकम दिने भने पनि अहिलेसम्म उपलब्ध नगराएको गुनासो बिमा कम्पनी सञ्चालकहरुको छ ।

बिमक संघका अध्यक्षको गैरजिम्मेवारीका कारण बिमितहरुको भुक्तानी रोकिएको गुनासो एक बिमा कम्पनीका सीईओले गरेका छन् ।

‘हाम्रै संघको अध्यक्ष ज्यूले पनि अर्थमन्त्रालयमा कुरा गर्नुपर्ने हो । उहाँले वास्तै गर्नु भएको छैन । बिमा समिति पनि सकारात्मक छैन,’ उनले भने, ‘यो गतिविधिले बिमा क्षेत्रकै बद्नाम हुन लागेको छ, यसको जिम्मेवार बिमक संघ र बिमा समिति हो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा