कोरोना संक्रमण तीव्र रुपमा बृद्धि भएपछि प्रशासनले आजदेखि कास्कीमा सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । जिल्लामा कोरोना संक्रमण बढ्दै गएको भन्दै कास्की प्रशासनले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा आजदेखि जोर बिजोर प्रणाली लागू गरेको हो । प्रशासनको निर्देशनपछि जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुने भएका छन् ।
प्रशासनको निर्देशन पछि प्रहरीले पोखरामा जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरेको छ ।
अनावश्यक काममा बाहिर हिँड्ने सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चेकजाँचका क्रममा पोखराका विभिन्न स्थानबाट अहिलेसम्म १८८ वटा दुई पाङ्ग्रे सवारी साधन र १९ वटा चार पाङ्ग्रे सवारी साधान नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख एवम् प्रहरी निरिक्षक अमृत बस्नेतले जानकारी दिए । उनका अनुसार कास्कीमा मात्र जोर बिजोर प्रणाली लागू भएकाले पोखराबाट बाहिरिने र पोखरा भित्रिने सवारीका साधनलाई सहजताका लागि पासको ब्यवस्था गरिएको बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।