नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले त्यही पदमा रहिरहने कि पार्टीको कार्यकर्ता हुने भन्ने सभामुखले रोज्नुपर्ने बताउँदै सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्नु पर्यो, होइन भने सभामुख छोडिदिए हुन्छ भन्ने अभिव्यक्ति दिएका छन् ।
एमालेले १४ सांसदलाई पदमुक्त गर्न पत्र लेखेको तीन दिन हुँदा पनि केही नगरेको भन्दै आक्रोस पोख्दै उनले अझै कागजपत्र हेर्छु भनेको भन्दै उनले भनेका छन्, ‘सभामुख न्यायाधीश होइन, सूचना टाँसिदिने हो ।’
माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम नगर्न चेतावनी दिदै एमाले अध्यक्ष ओलीले भनेका छन्, ‘संसद चलाउनु छ कि छैन ? सभामुख हुनु छ कि छैन ? गैरकानूनी ढंगले संसद चल्न नसक्ने भन्दै उनले सभामुख रहने कि पार्टी कार्यकर्ताको भूमिकामा फर्किने रोज्न आग्रह गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।