जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नेताहरूले पुराना पार्टीको चुनाव चिन्ह छोड्न गाह्रो मानेको बताएका छन् ।
बिहीवार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष भट्टराईले अब नयाँ समाजवादको मोडल खोज्नुपर्ने आवश्यकता रहेको औँल्याएका हुन् ।
नेताहरुले पुराना पार्टीको चुनाव चिन्ह छोड्न गाह्रो मानेको भन्दै उनले क्षणिक पार्टीगत र चुनावी स्वार्थ भन्दा माथि उठेर समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिए ।
उहाँले भन्नुभयो, ‘फेरि नयाँ समाजवादको एउटा मोडल खोज्नेतिर देश गइरहेको छ । त्यो अबको आवश्यकता हो । वस्तुगत रुपमा त हो नै विषयगत रूपमा हामी हिच्किचाइरहेका छौं ।’
उनले थपे, ‘चुनाव चिन्ह छोड्न हामीलाई गाह्रो । भोट जनताले त्यसैमा हाल्छ । त्यो छोड्यौँ भने भोट आउँदैनकि भन्ने डर छ हामीलाई । त्यसैले यसमा जुन अल्झिराखेका छौं अब आँट गर्नैपर्छ ।’
उहाँले चुनावी स्वार्थभन्दा माथि उठेर विश्व मानव जाति र देशका जनताको हितलाई केन्द्रमा राखेर समाजवादको नयाँ नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।