बागमती प्रदेशका नव नियुक्त मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो लागि एमाले नेता माधव नेपाल र केपी ओली बराबर भएको बताएकी छिन। यस्तो अभिव्यक्ति दिए संंगै पद पाएपछि अष्टलक्ष्मी शाक्य एकाएक ओली प्रति नरम भएर माधव नेपाल क्याम्प छोडेको बताएका छन् ।
ओलीको कट्टर आलोचकका रूपमा रहेकी अष्टलक्ष्मी मुख्यमन्त्री पाएपछि परिवर्तन भएको नेपाल समर्थक नेताहरूको बुझाई छ ।
नेता माधव नेपालको कदम प्रति आफ्नो असहमति भएको उनले स्पष्ट पारिन। उनले सबै एक भएर अघि बढनुको बिकल्प नभएको कुरा बताउदै एकतामा जोडदिएकि छन्। बागमती प्रदेशमा अब एमाले एक भएर आगामी दिनमा अघि बढने उनले जानकारी दिईन।
लामो समय एमालेमा आबध्द अष्टलक्ष्मी शाक्य पछिल्लो समय एमाले अध्यक्ष केपी ओलीको कट्टर आलोचकका रुपमा रहेकि थिईन। सो पार्टीका वरिष्ठ नेता माधव नेपाल निकट मानिएकि शाक्य नेता नेपालले नयाँ पाटी खोलेकै दिन ओली पक्षको समर्थनमा बागमती प्रदेशको मुख्य मन्त्री बन्न पुगिन।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।