शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

महानरपालिकाले तोक्यो अनलाइन कक्षाको शुल्क


  • बुधबार, भाद्र २ २०७८
14.5K
SHARES

फाइल तस्विर

काठमाडौँ महानगरपालिकाले कोरोना महामारीको समयमा निजी विद्यालयले वैकल्पिक विधि (अनलाइन)बाट पढाएको शुल्क निर्धारण गरेको छ ।निजी विद्यालयलाई ‘क’, ‘ख’ र ‘ग’ तीन वर्गमा विभाजन गरेर शुल्क निर्धारण गरेको हो ।

अभिभावकले निजी विद्यालयले बढी शुल्क लिएको गुनासो गर्दै आएका छन् । गत साउन २१ गते भएको महानगरपालिकाको बैठकले शुल्क निर्धारण गर्ने निर्णय गरेको सुवेदीले बताए ।

महानगरले हाललाई साविकको जिल्ला शिक्षा कार्यालयले गरेको निजी विद्यालय वर्गीकरणका आधारमा शुल्क निर्धारण गरेको शिक्षा शाखा अधिकृत मोतिराज खनालले बताए ।

‘ग’ वर्गका निजी विद्यालयले कक्षा १ देखि ५ सम्म मासिक शिक्षण शुल्क १ हजार ८०० रुपैयाँ, ६ देखि ८ सम्म २ हजार २०० रुपैयाँ र ९ र १० कक्षा मासिक मासिक ३ हजार रुपैयाँ लिन पाउँनेछन् ।

‘ख’ वर्गका निजी विद्यालयले १ देखि ५ कक्षासम्म २ हजार २०० रुपैयाँ, ६ देखि ८ सम्म मासिक २ हजार ५०० रुपैयाँ, र ९ र १० कक्षामा मासिक ३ हजार ६०० रुपैयाँ लिन पाउने छन् ।

त्यस्तै ‘क’ वर्गका निजी विद्यालयले कक्षा १ देखि ५ सम्म २ हजार ५०० रुपैयाँ, ६ देखि ८ सम्म ३ हजार रुपैयाँ तथा ९ र १० कक्षामा मासिक ४ हजार २०० रुपैयाँ लिन पाउँनेछन् ।

खनालका अनुसार यो सामान्य अवस्थामा भौतिक उपस्थितिमा कक्षा सञ्चालन भएको अवस्थामा निजी विद्यालयले लिने मासिक शुल्क नै हो ।

कोरोना महामारीमा निजी विद्यालय र अभिभावकको सहमतिमा महानगरले तोकेको अधिकतम मासिक शुल्क तोकिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा