एक एमाले नेताले नाम नबताउने सर्तमा सूर्य चिन्हमा भोट हाल्न मन नलागेर माधव नेपालले पार्टी फुटाएको बताएका छन् । अब सूर्यमा भोट नै नहाल्नु पर्ने भयो खुला किताब चिन्ह राखेर भोट त्यसैमा हाल्नको लागि नेपालले पार्टी फुटाएको उनको दाबी छ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधबार नै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ ।
सरकारको सिफारिसमा संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेपाल समूहले दल दर्ताको तयारी गरेको छ ।
अहिले नेपाल समूहका नेताहरु बानेश्वरस्थित अर्याल होटलमा छलफलमा छन् । त्यहाँ उपस्थित नेपाल समूहका नेता जगन्नाथ खतिवडाका अनुसार बुधबार नै नयाँ दल दर्ता गर्ने तयारी छ ।
नयाँ दलको नाम नेकपा एमाले समाजवादी राखिनेछ भने चुनाव चिन्ह खुला किताब प्रस्ताव गरिने उनले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।