शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

नेकपा एमाले समाजवादी आजै दर्ता गर्छौं : जगन्नाथ खतिवडा


  • बुधबार, भाद्र २ २०७८
12.4K
SHARES

तस्विरः फाइल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधबार नै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ ।

सरकारको सिफारिसमा संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेपाल समूहले दल दर्ताको तयारी गरेको छ ।

अहिले नेपाल समूहका नेताहरु बानेश्वरस्थित अर्याल होटलमा छलफलमा छन् । त्यहाँ उपस्थित नेपाल समूहका नेता जगन्नाथ खतिवडाका अनुसार बुधबार नै नयाँ दल दर्ता गर्ने तयारी छ ।

नयाँ दलको नाम नेकपा एमाले समाजवादी राखिनेछ भने चुनाव चिन्ह खुला किताब प्रस्ताव गरिने उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा