शनिबार, साउन ९ २०८३
ताजा अपडेट

राष्ट्रपतिको निर्णयको पर्खाइमा महन्थ ठाकुर, जसपा लोकतान्त्रिक दर्ताको तयारी


  • बुधबार, भाद्र २ २०७८
11.1K
SHARES

फाईल तस्बिर

निर्वाचन आयोगको निर्णयपछि दलविहीन बनेका महन्थ ठाकुर राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयको पर्खाइमा रहेका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उत्साहित बनेका ठाकुर राष्ट्रपतिको निर्णयको पर्खाइमा रहेका हुन् ।

सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति कार्यालयले जारी गर्ने वित्तिकै ठाकुरले जसपामा आफूतिर रहेका नेता तथा सांसदलाई समेटेर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराउने तयारी गरेका छन् । महन्थ ठाकुर पक्षका एक नेताले भने, सबै डकुमेन्ट तयारी अवस्थामा छ, अध्यादेश जारी हुनेबित्तिकै नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने छौं ।’

पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक रहने छ भने एकल अध्यक्ष प्रणालीमा पार्टी दर्ता हुने ती नेताले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा