शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

दल विभाजन अध्यादेश ओली प्रवृत्तिकै निरन्तरता : डा. बाबुराम भट्टराई


  • मंगलबार, भाद्र १ २०७८
12.7K
SHARES

फाइल तस्विर

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश केपी शर्मा ओली प्रवृत्तिकै पुनरावृत्ति भएको बताएका छन् ।

संसद अधिवेशन अन्त्य गरेर पार्टी फुटाउन सहज हुने गरी दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको डा. भट्टराईको भनाइ छ ।

संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनु भनेको ओली प्रवृत्तिकै निरन्तरता हो । जसले गरे पनि यो गलत हो । लोकतन्त्रविरोधी हर्कत हो,’ डा. भट्टराईले  भने, ‘यो कदम कुनै पनि हालतमा सह्य हुँदैन ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा