नेकपा एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ । एमाले केन्द्रीय कार्यालयले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो ।
नेकपाको एकता खारेज भएसँगै पुनर्स्थापित एमालेमा २६४ जना छन् । उनीहरुमध्ये केहीको मृत्यु भएको र केही राजनीतिक नियुक्तिमा गएकाले २६० जनाको विवरण अध्यावधिक गर्न पठाइएको हो ।
हाल आयोगमा भने एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीको विवरण मात्र छ ।
यस्तै समानुपातिक ८ सांसदलाई पनि कारबाही गर्ने तयारी छ । यसअघि सोधिएको स्पष्टीकरणकै आधारमा उनीहरुलाई कारबाही गर्न लागिएको एक नेताले जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।