आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

१८ किलो गाँजासहित काठमाडौँबाट एकजना पक्राउ


  • मंगलबार, भाद्र १ २०७८
9.4K
SHARES

फाईल तस्बिर

१८ किलो गाँजासहित प्रहरीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीबाट एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–९ घर भएका ४२ वर्षीय संजिव राई रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार थलीस्थित मिलनचोकमा डेरामा बस्ने राईले लागुऔषध गाँजाको कारोबार गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।

अहिले उनीमाथि थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा