नेपाली कांग्रेस महाधिवेशनको तयारीमा जुटेको छ । मंसिर ९ देखि १३ गतेका तय भएको १४ औं महाधिवेशनका लागि कांग्रेसले राष्ट्रिय सभा गृहको हल र भृकुटीमण्डप मंगलबार बिहान बुकिङ गरेको हो ।
महाधिवेशनका लागि भृकुटीमण्डप र मतदानका लागि राष्ट्रियसभा गृहलाई प्रयोग गरिने छ ।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर ७ देखि १४ गतेसम्म ८ दिनका लागि भृकुटीमण्डप बुकिङ गरिएको छ ।
कांग्रेसले छैटौ पटक महाधिवेशनको मिति परिमार्जन गरेको छ । पटक–पटक मिति तोक्दै सार्दै आएको कांग्रेसले शनिबार महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । मंसिरमा हुने महाधिवेशनका लागि कांग्रेसले तीन महिना अघि नै हल बुकिङ गरेको हो ।
कांग्रेसको १३ औं महाधिवेशन पनि राष्ट्रिय सभा गृहमै सम्पन्न भएको थियो ।
संवैधानिक रुपमा भदौ २३ अघि महाधिवेशन गरिसक्नुपर्ने दवावमा कांग्रेस थियो । तर क्रियाशील सदस्यता टुंग्याउन नसकेका कारण महाधिवेशन मंसिरमा सरेको हो ।
त्यस्तै कांग्रेसले विधान र नियमावली छपाइ पनि सुरु गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।