आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

केन्द्रीय सदस्यहरूलाई माधव नेपालको फोन : पार्टी आजै दर्ता गर्नु पर्ने हुनसक्छ


  • मंगलबार, भाद्र १ २०७८
9.3K
SHARES

फाईल तस्बिर

नेकपा एमाले आजै विभाजनको प्रक्रिया आजैबाट शुरू हुने भएको छ । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेलगत्तै अलग दल दर्ता गर्ने तयारी भइरहेको माधव नेपालनिकट स्रोतले जनाएको छ ।

नेपालले आफूनिकट केन्द्रीय सदस्यहरूलाई फोन गरेर ‘आजै दल दर्ता गर्नुपर्ने हुनसक्छ’ भन्दै तयारी अवस्थामा रहन भनेका छन् । नेपाल पक्षले केन्द्रीय सदस्य र सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिसकेको छ ।

विभाजन गर्ने बेलासम्म क-कसले साथ दिने भन्ने समेत नेपालले सोधिरहेका छन् । विशेषगरी भीम रावलसहित वार्ता टोलीमा रहेका नेताहरू विभाजनको विपक्षमा उभिएपछि माधव नेपाल तेस्रो र चौथो पुस्ताका नेताहरूसँग भर परेका छन् ।

नेपाल पक्षले अध्यादेशका आधारमा एमाले विभाजन गरेपछि नेकपा एकीकृतको दर्ता किताबमा अद्यावधिक गर्नुपर्ने हुन्छ । त्यसका लागि राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि नेपाल समूह निर्वाचन आयोगमा जानेछ ।

तर, त्यसअघि नै केपी ओलीले २२ सांसदलाई कारवाही गरि सांसद पदबाट मुक्त गर्न संसद सचिवालयमा सूचना दिने सम्भावना पनि छ । तर सभामुखले तत्काल कारवाही अघि नबढाए के गर्ने ? त्यो अवस्थामा राष्ट्रपतिले पनि अध्यादेश तत्कालै जारी नगरे के गर्ने ? दुवै पक्षमा यी संशय पनि फैलिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा