नेपाली काँग्रेसका नेता तथा काठमाडौँ क्षेत्र नम्बर ४ का सांसद गगन कुमार थापा नेपालको राजनीतिमा प्राय चर्चामा आउने गर्छन् । काँग्रेस पार्टीको राजनीतिमा या सांसद भवन भित्र उनको जति चर्चा हुन्छ त्यसै अनुसारको कार्यशैली भने देख्न सकिँदैन ।
एक उनकै क्षेत्रका काँग्रेसका स्थानीय नेता नामा नबताउने सर्तमा भन्छन् विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका थापाको चरित्र सत्ता र सक्तीमा आफै मात्र बस्ने र आफूभन्दा सिनियर लिडर तथा अन्य पार्टीको चर्कौँ आलोचना विरोध र टिप्पणी गर्नु मात्रै भएको र निर्वाचन क्षेत्रका जनताले उनको कामको अनुभव नै गर्न नपाएको उनी बताउँछन् ।
गगन थापाको विग्रह विरोध र आलोचनाको शैलीले मात्रै उनको राजनीति टिकेको तर्क गर्दै ती स्थानीय नेता भन्छन् काम हाता लागो शून्य सरह छ । तर राजनीतिक खिचातानीले गर्दा जनतालाई पनि विरोध गरेको मन पर्ने भएका कारण गगन थापा सधैँ चर्चामा आएको उनको भनाई छ ।
भाषणले मात्रै चर्चामा आउने गगन थापाका भित्री रहस्यहरू जनतालाई थाहै नभएको ती स्थानीय नेताको भनाई छ । नेता कामले चिनिनु पर्ने बताउँदै तर चौध-चौध वर्ष सांसद भई सकेका र एक पटक स्वास्थ्य मन्त्री समेत भएका थापाबाट जनताले अनुभव गर्ने गरी के पाए त भन्दै प्रश्न गरेका छ ।
उनी यस्ता चतुर नेता हुन मात्र वाक पटुताका कारण चर्चामा रहन्छन् भनौँ अस्थिर राजतिलक क्रियाकलापमा जनतालाई मन पर्नै विरोध आलोचना र विग्रहको भाषण शैली पस्केर मात्रै उनको राजनीति टिकेको छ ।
ती स्थानीय भन्छन् आलोचन विग्रह र विद्रोह मात्रै ले मुलुक बन्दैन । त्यसैले नेताहरुले काम गर्नु पर्छ त्यो पनि जनताले अनुभव गर्ने गरी तर गगनमा भाषण धेरै काम कम प्रस्टै देख्न सिकिन्छ । यसलाई गगन थापाले सच्याउन जरुरी छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।