शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कुलमान घिसिङले कति खान्छन् तलव ? के-के छ सेवा सुविधा ?


  • सोमबार, साउन ३२ २०७८
22.4K
SHARES

कुलमान घिसिङ / तस्विरः फाइल

काठमाडौं – नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङको दोश्रो इनिङ सुरु भएको छ । सरकारले चौतर्फी प्रसंसा बटुलेका घिसिङलाई ४ बर्षका लागि दोश्रो पटक प्राधिकरणको जिम्मा लगाएको हो ।

जनताको चर्को दवाव, सक्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अडान र प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थनमा उनलाई पुनः प्राधिकरणमा ल्याइएको हो । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले घिसिङलाई नियुक्ती गर्न आनाकानी गरेको थियो ।

सरकारले ‘लौरो पनि नभाँचिने, सर्प पनि मर्ने’ गरी परिपक्क निर्णय गर्दै प्राधिकरणका निवर्तमान कायकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई उपयुक्त स्थान दिएर घिसिङलाई ४ वर्षका लागि नियुक्त गरेको हो ।

उनको नियुक्तीसँग सेवा सुविधाका विषयमा पनि चर्चा हुन थालेको छ । कुलमानको तलव मासिक २ लाख २१ हजार रुपैयाँ छ । उनलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्राधिकरणले प्रोत्साहन भत्ता पनि दिन्छ ।

त्यसको अलवा ‘लिडरसिप एलाउन्स’मा थप दुई लाख गरेर घिसिङले मासिक ४ लाख २१ हजार बुझ्ने छन् । उनको सहयोगीको रुपमा एक जना शाखा अधिकृत र दुई जना सुब्बा सरहका कर्मचारीहरु रहने छन् । एउटा गाडी र ड्राइभर पनि उनले राख्न पाउने प्राधिकरण श्रोतको भनाई छ ।

सेवासुविधा भन्दा पनि उनको कामलाई धेरै नेपालीले मन पराएका छन् । दैनिक १८ घण्टासम्म हुँदै आएको लोडसेडिङलाई एकाएक अन्त्य गरेपछि उनको चौतर्फी प्रसंसा भएको थियो । लोडसेडिङ हटाएकै कारण कतिपयले कुलमानलाई भगवानको संज्ञा पनि दिदै आएका छन् ।

दोश्रो पटक नियुक्त भएका घिसिङले प्राधिकरणमा दोश्रो इनिङ आफ्नो जीवनकै ठूलो चुनौती भएको बताएका छन् । पदभार ग्रहण गर्नेक्रममा नवनियुक्त कार्यकारी निर्देशक घिसिङले भने, ‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु । यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ ।’

व्यक्तिगत रुपमा दोहोरिनै पर्छ भन्ने मत नभएपनि विद्युत प्राधिकरणको आवश्यकता, सरकारको निर्णयका साथै जनअपेक्षाका कारण यो चुनौती स्वीकार गरेको उनले बताए ।

उनले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अघि बढाएका राम्रा कामलाई निरन्तरता दिइने बताए । प्राधिकरणका कुनै काम गलत बाटोमा गएको भए सच्याउने भन्दै कार्यकारी निर्देशक घिसिङले भने, ‘कसैको विरोध गर्ने भन्दा पनि विद्युत प्राधिकरणलाई कसरी अगाडि बढाउने भन्नेमा ध्यान दिन्छौं ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा