एक एमाले ओली समर्थक नेताले नाम नबताउने सर्तमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जता गए पनि भाँडभैलो मच्चाउने प्रवृत्तिका भएको बताएका छन् ।
हिजोका दिनमा एमाले माओवादीको एकता गरेर एमाले छिन्न भिन्न बनाएको आरोप समेत लगाउँदै उनी भन्छन् एमालेमा त भाँडभैलो मच्चाई नै सके अब गठबन्धनको नाम लिएर काँग्रेस पार्टी पनि छिन्न भिन्न बनाउने तर्फ प्रचण्डको ध्यान गएको बताएका छन् ।
एमाले मा भाँडभैलो गर्न सफल भएको जिकिर गर्दै आगामी चुनाव सम्ममा देउवा नेतृत्वको काँग्रेसलाई पनि छिन्न भिन्न बताउने प्रयत्न प्रचण्डको रहेको बताएका छन् ।
प्रचण्ड त देशको गणतन्त्रको सूत्रधार हो नि भन्ने प्रश्नमा उनी भन्छन् सूत्रधार होइन भनेको छैन तर प्रचण्ड पद बेगार बस्नै नसक्ने मान्छे भएको बताएका छन् ।
झन्डै दुई तिहाईको नेकपा सरकार ढालेर काँग्रेसलाई सत्ता सुम्पनु पनि पद नपाएर छारस्ट प्रवृत्ति देखाएको आरोप उनको छ । एमालेका केही नेतालाई पनि पद चाहिएको थियो प्रचण्डलाई त झन् प्रधानमन्त्री नै चाहिएको थियो । त्यही भएर पार्टी अध्यक्ष संसदीय दलका नेता समेत रहेका ओलीको विरुद्धमा षडयन्त्र रचेर प्रचण्डले एमालेलाई छिन्न भिन्न बनाउने प्रयत्न गरे ।
उनी भन्छन् यदि केपी ओलीले प्रचण्ड सँग एकता नगरेको भए माओवादी नामको पार्टी पहिलेकै चुनावमा इतिहास बनी सक्थ्यो । केपी ओलीले साथ दिए तर प्रचण्डले विश्वास घात गरे । उनी भन्छन् अब हेर्दै जानुहोला गठबन्धनको नाममा काँग्रेस पार्टी भित्र खेलेर काँग्रेसलाई पनि छिन्न भिन्न बनाउने प्रचण्डको प्रयत्न रहन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।