शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

अर्को चुनावमा माओवादी ठूलो दल बन्छ : प्रचण्ड


  • सोमबार, साउन ३२ २०७८
10.8K
SHARES

फाईल तस्बिर

सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावबाट आफूहरु फेरि प्रमुख शक्तिका रुपमा फर्किन सक्ने दाबी गरेका छन्।

शनिबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा आठ पेज लामो राजनीतिक र संगठनात्मक प्रस्ताव पेश गर्दै प्रचण्डले त्यसका लागि नेता कार्यकर्ता सबैले कठोर मिहिनेत गर्नु जरुरी रहेको बताएका छन्।

अनुपम फुडल्यान्डमा सुरु बैठकमा करिब १५ मिनेट आफ्ना भनाइ राख्ने क्रममा पनि उनले आगामी निर्वाचनसम्म माओवादी देशको प्रमुख शक्तिका रुपमा फर्किने जिकिर गरेका हुन्।

उनले नेकपा विघटन भइसकेको अवस्थामा तत्कालै अन्य शक्तिसँग एकता सम्भव नभएको निचोड पनि निकालेका छन्। अन्य पार्टीसँग एकता हुन नसके पनि अहिले कायम रहेको वाम-लोकतान्त्रिक गठबन्धनलाई बचाएर आगामी निर्वाचनमा लाग्नुपर्ने पनि उनले बताएका छन्।

उनले पार्टीलाई पहिलो शक्ति बनाउन कडा मिहिनेत चाहिने बताएका छन्। ‘अब हामीले कडा मिहिनेत गर्नुपर्छ, यो ढंगले हुँदैन’, उनले भनेका छन्, ‘परिस्थितिले नयाँ चरणमा जाने बनाएको छ। प्रतिगमन एक हिसाबले पराजित गर्यौँ तर अझै पराजित भइसकेको छैन।’

देशको राजनीतिक घटनाक्रमको विश्लेषणका क्रममा उनले केपी शर्मा ओलीको दक्षिणपन्थी समूहले कम्युनिष्ट पार्टीको नेतृत्व अघि बढाउन नसक्ने पनि निचोड निकालेका छन्।

ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेयता माओवादी समूहले नै लिएको पहलकदमीबाट देशले प्रतिगमनलाई पराजित गर्न सफल भएको उनको तर्क थियो।

आफ्नै जोडबलमा ओलीको प्रतिगामी कदमविरूद्ध वाम-लोकतान्त्रिक गठबन्धन बनेको ठहर गरेका प्रचण्डले एक्लै चुनाव लड्नेबारे केही बोलेका छैनन्।

उनले पेश गरेको प्रस्तावमा अहिलेकै गठबन्धनलाई कायम राखेर आगामी निर्वाचन लड्नुपर्ने उल्लेख गरिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा