शनिबार, साउन ३० २०८३
ताजा अपडेट

अझै केही दिन मन्त्रिपरिषद् विस्तार नहुने


  • सोमबार, साउन ३२ २०७८
13.1K
SHARES

फाइल तस्विर

सरकारले अझै केही दिन पूर्णता नपाउने देखिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको एक महिना नाघिसक्दा पनि मन्त्रिपरिषद् ६ सदस्यमा सीमित छ । असार २९ गते सरकार नेतृत्व सम्हालेका देउवाले सोही दिन ४ जना मन्त्री बनाएका थिए ।

त्यसको दुई हप्तापछि एक जना राज्यमन्त्री थपे । त्यसयता मन्त्रिपरिषद् विस्तारको विषय प्रधानमन्त्री देउवाको प्राथमिकतामा पर्न सकेको छैन । साउन २४ गतेपछि सत्ता साझेदार दलहरू माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेतासँग प्रधानमन्त्रीको छलफल पनि रोकिएको छ । २–३ दिनको बीचमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुने गरे पनि ८ दिन यता छलफल समेत भएको छैन ।

गठबन्धनका नेताहरू सरकारलाई पूर्णता दिने भन्दा आ-आफ्नो पार्टीका केन्द्रीय कमिटी बैठकतिर व्यस्त देखिन्छन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा बिहीबार, शुक्रबार र शनिबार केन्द्रीय कमिटी बैठकमा रुमलिए ।

काँग्रेसको तीन दिने केन्द्रीय समिति बैठक शनिबार सकिए पनि प्रधानमन्त्री देउवामा प्राथमिकतामा मन्त्रिपरिषद् विस्तारको विषय पर्न सकेको छैन । यता शनिबार र आइतबार माओवादी केन्द्रले पनि केन्द्रीय कमिटी बैठक सम्पन्न गरेको छ ।

काँग्रेस र माओवादी  केन्द्र केन्द्रीय कमिटी बैठकमा अलमलिँदा सुस्ताएको मन्त्रिमण्डल विस्तारको गृहकार्य जसपाको केन्द्रीय कमिटी बैठक नसकी नतात्ने देखिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा