सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

पूर्वराजाप्रति मेरो सम्मान अझै बढेको छ, राजा र राष्ट्रपतिको फरक अफगानिस्तानमा हेरौँ : थापा


  • सोमबार, साउन ३२ २०७८
12.6K
SHARES

फाइल तस्विर

राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्रप्रति सम्मान बढेको बताएका छन् ।

राप्रपा अध्यक्ष थापाले तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छोडेर भागेको प्रशंगलाई जोड्दै पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान बढेको बताएका हुन् ।

सोमबार ट्विट गर्दै लेखेका छन्,‘तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ । २०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ। राजा र राष्ट्रपति बिचको फरक पनि यही हो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा