शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अमेरिकी सेनाले छाडेको ४५ दिनमै तालिबानले गर्‍यो पूरै अफगानिस्तान कब्जा


  • सोमबार, साउन ३२ २०७८
12.1K
SHARES

फाइल तस्विर

अमेरिकी सेनाले छाडेको ४५ दिनमै तालिबानले पूरै अफगानिस्तान कब्जामा लिएको हो ।

अफगानिस्तानमा राष्ट्रपति भवन तालिबानले कब्जा गरेको छ । आइतबार अपराह्न राष्ट्रपति असरफ घानी आफ्ना सहयोगीसहित मुलुक छाडेर भागेपछि तालिबान लडाकूले राष्ट्रपति कार्यालय कब्जा गरेका हुन् ।

राष्ट्रपति भवनमा घानीकै उपस्थितिमा सत्ता हस्तान्तरण समारोह हुने सम्झौता भए पनि घानी देश छाडेर ताजिकिस्तानतर्फ भागेको जनाइएको छ ।

अब तालिबानले सोही भवनबाट अफगानिस्तानलाई ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्दै शासन थाल्ने तालिबान प्रवक्तालाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा