शनिबार, साउन ९ २०८३
ताजा अपडेट

परमादेशबाट लुटिएको जनादेश चुनावले फिर्ता गराउनेछः शंकर पोखरेल


  • सोमबार, साउन ३२ २०७८
8.8K
SHARES

फाईल तस्बिर

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलले आउने चुनावले ‘परमादेशबाट लुटिएको जनादेश फिर्ता गर्ने’ दावी गरेका छन् । लोकतान्त्रिक सरकार निर्माणको स्थापित बाटो चुनावको जनादेश नै भएको उनको टिप्पणी छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले सो दावी गरेका हुन् । विपक्षीहरु परमादेशबाट सरकारमा पुगेको भन्दै उनले कटाक्ष गरेका छन् ।

पोखरेलले लेखेका छन्, ‘नेपाली राजनीति केपी ओली पक्ष र विपक्षमा विभाजित छ । परमादेशवाट विपक्षीहरु सरकारमा पुगेका छन् । तर आउने चुनावले परमादेशवाट लुटिएको जनादेश अवश्य फिर्ता गराउनेछ । किनकि लोकतान्त्रिक सरकार निर्माणको स्थापित बाटो चुनावको जनादेश नै हो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा